
काठमाडौं, कात्तिक ५ । बुधबार शेयर बजारमा दोहोरो अंकको सुधार भएको छ ।
यस दिन नेप्से १३ अंकले बृद्धि हुदा परिसुचक पनि १६ सय नजिक पुगेको छ ।
बुधबार सेन्सेटिभ इन्डेक्स पनि तीन अंकले बृद्धि हुदा तीन सय १६ पुगेको छ ।
यसदिन निर्जिवन बिमा कम्पनी सबै भन्दा बढी ६४ अंकले बृद्धि हुदा जिवन बिमा ५७ अंकले उकालो लागेको छ ।
लगानीकर्ता वाणिज्य बैंकको सेयरमा आकर्षित हुँदा बुधवार वाणिज्यको सुचक २१ अंकले बृद्धि भएको छ ।
होटल, जलविद्युत, वित्त र उत्पादनमूलक समुहको सुचक घटेपनि वाणिज्य बैंकको सुचक बढ्नाले सेयर बजार थप सहयोग पुगेको छ ।
लाभांश घोषणा गरेपछि एनआइसी एशिया बैंकको सबेभन्दा बढी २४ करोड बढीको कारोवार भएको छ ।
यसदिन १ सय ९२ कम्पनीको ५५ लाख बढी कित्ता शेयर १ अर्ब ६३ करोड बढीमा कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्