
कैलाली, कात्तिक ६ । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख दिने निर्णय गरेको छ ।
बिहीबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको बैठकमा दुवै परिवारलाई २÷२ लाख दिने निर्णय गरिएको हो ।
तत्काल परिवारका सदस्यहरुलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी १ लाख उनीहरुको सन्तानका लागि खातामा राखिदिने निर्णय गरिएको हो ।
तस्करी नियन्त्रण गर्ने क्रममा तस्करद्वारा अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रमुखसमेत रहेका गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्