
मुख्यमन्त्री डोरमणि पौडेल । फाइल तस्वीर ।
वाग्मती, कात्तिक ६ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई समेत सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।
पछिल्ल दिनमा सामान्य रुघाखोकीपछि मुख्यमन्त्री पौडेल होम आइसोलेशनमा रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्