
फाइल तस्वीर
काठमाडौं, कात्तिक ६ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण भएको छ ।
पिसिआर परीक्षणका क्रममा बिहीबार धर्मपत्नी तारा मानन्धरसँगै आफूलाई सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।
नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बाँस्कोटाले आफूले दश दिनयता कसैलाई नभेटेको र आफूलाई लक्षण नदेखिएको पनि उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्