
रुपन्देही, कात्तिक ६ । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक सङ्क्रमितको बिहीबार मृत्यु भएको छ ।
कञ्चन गाउँपालिका–३ की ४८ वर्षीय महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
कात्तिक ४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी ती महिलामा ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको थियो ।
यसैगरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कोरोना सङ्क्रमणबाट नेपाली काङ्ग्रेस रामग्राम नगरपालिका कार्य समितिका सभापतिको मृत्यु भएको छ ।
उहाँमा यही कात्तिक ४ गते नेशनल प्याथ ल्याब बुटवलमा गरिएको परीक्षणको क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
सङ्क्रमणपछि होम आइसोलेशनमा रहनुभएका उहाँको बिहीबार मृत्यु भएको स्वास्थ्य कार्यालय परासीका निमित्त प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्