१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गणेशमान सिंह पार्क अलपत्र


13
Shares

पाँचथर, कात्तिक ११ । पाँचथरमा निर्माणाधिन गणेशमान सिंह स्मृति शान्ति पार्क बजेटको अभावमा अलपत्र परेको छ ।

वि.स.२०६५ सालमा पार्क निर्माणको काम थालिएको भए पनि बजेट अभाव हुँदा पार्क निर्माणले गति नलिएको हो ।

७७ रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा १ करोड ६९ लाख रुपैयाँ खर्च भई सकेको छ ।

नयाँ शहरी आयोजनाको कार्यालयले ८ करोड रुपैयाको गुरुयोजना बनाएर काम अगाडि बढाएको थियो ।

पार्कमा सिंडीमार्गमा, वनभोज स्थल, विश्रामस्थल, शौचालय निर्माण गरिएको छ ।

गुरुयोजना अनुरुप बजेट विनियोजन हुन नसक्दा पार्कले पूर्णता पाउन नसकेको गणेशमानसिंह शान्ति प्रतिष्ठान नेपाल पाँचथरका अध्यक्ष सन्तोष श्रेष्ठले बताउनुभयो ।

फिदिम बजारबाट नजिकै रहेको निर्माणधिन पार्कमा शनिबार र विदाको समयमा घुईचो हुने गरेको छ ।