
काठमाडौं, कात्तिक ११ । काठमाडौंको असनका तुलाधर समुदायले खड्गजात्रा मनाएका छन् ।
कोरोनाका कारण मंगलबार उनीहरुले खड्गजात्रा असन परिक्रमा नगराईकन असंभुलु अजिमाको गुथि घर अगाडी मात्र गरेका थिए ।
बालकलगायत केहिले मात्र आसुरी शक्तिको प्रतिक कुभिण्डोलाई प्रहार गरेर सांकेतिक रुपमा जात्रा मनाएका हुन् ।
कलिङ युद्धपछि हतियार छाडेर अशोक सँगै बौद्धमार्गी बनेको भनिएका तुलाधर समुदायले पुर्खाको वीरताबारे जानकारी दिन खड्गजात्रा मनाउने गरेको बताइन्छ ।
यस जात्रामा तुलाधर समुदायका स–साना बालक र किशोर सहभागी हुन्छन् भने जात्रामा सबैभन्दा सानो बालकले नेतृत्व गर्ने चलन रहेको छ ।
असनका बासिन्दाले दशैंको टीकाको दोस्रो दिन असंचालंको नाममा टीका लगाएर दशैं मनाउने चलन समेत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्