३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


चितवनमा कोरोनाबाट ५४ वर्षीय पुरुषको मृत्यु


0
Shares

चितवन, कात्तिक ११ । चितवनमा थप एक कोरोना (कोभिड १९) सङक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैडाकोट नगरपालिका २ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

श्वासप्रश्वासको समस्या भएर कात्तिक ३ गते अस्पताल भर्ना हुनुभएका उहाँको मंगलबार बेलुका ५ः२६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो ।

उहाँलाई यही कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो ।

उहाँको अवस्था जटिल बन्दै गएपछि अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।

मृतक पुरुष मधुमेहको समेत बिरामी हुनुहुन्थ्यो ।