२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पछिल्लो २४ घण्टामा १९५४ जना संक्रमित थपिए


0
Shares

काठमाडौं, कात्तिक १२ । पछिल्लो २४ घण्टामा १९५४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा २९८१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८२४८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाबाट मुत्यु हुनेको संख्या ८८७ पुगेको छ ।

काठमाडौं उपत्यकामा ८४३ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ६९६, ललितपुरमा ११८ र भक्तपुरमा २९ जना संक्रमित थपिएका छन् ।