
काठमाडौं, कात्तिक १४ । पछिल्लो २४ घण्टामा ३५१७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५१७ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा प्रयोगशालामा १४९८९ जनाको पीसीआर परीक्षण गर्दा ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा १८८८ जना कोरोना संक्रमित भएका छन् ।
काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जना संक्रमित थपिए ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०९६ जना डिस्चार्ज भएका छन् ।
योसँगै डिस्चार्ज हुनेको संख्या १२८९५८ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्