१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


बुटवलबाट काठमाडौं आउँदै गरेको स्करपियो धादिङमा दुर्घटना, पाँचजना घाइते


0
Shares

धादिङ, कात्तिक १४ । बुटवलबाट काठमाडौं आउँदै गरेको स्करपियो धादिङको पृथ्वीराजमार्गस्थित सलाङघाटमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

बा १२ च ४४१० नम्बरको स्करपियो सडकबाट खोल्सामा खसेर दुर्घटना भएको र सबै घाइतेको उद्दार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब निरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

दुई गम्भीरसहित सबै घाइतेको राजमार्ग सामुदायिक अस्पताल, मलेखुमा उपचार भइरहेको छ । रासस