७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


प्रदेश १ मा ५६९ जना सङ्क्रमित थपिए


0
Shares

विराटनगर, कात्तिक १४ । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५६९ जना कोरोना सङ्क्रमत थपिएका छन् ।

यस अवधिमा गरिएको एक हजार ९६० जनाको पिसीआर परीक्षणमा २२३ महिला र ३४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङक्रमित हुनेहरुमा मोरङमा २५३ मध्ये विराटनगमा १४७, झापामा १४३, सुनसरीमा ११२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा चार, भोजपुरमा तीन, सोलुखुम्बुमा दुई, पाँचथर, खोटाङ र तेह्रथुममा एक÷एक र प्रदेश बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या १८ हजार ९५३ पुगेको छ ।

यस प्रदेशमा आज ६१९ जना सङ्क्रमित निको भई घर फर्केका छन् ।

निको भई घर फर्कनेको सङ्ख्या अहिलेसम्म १० हजार ७९८ पुगेको छ ।

अहिलेसम्म एक लाख ५८ हजार ९४८ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको छ ।