३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


चितवनमा ८२ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु


0
Shares

चितवन, कात्तिक १६ । पुरानो मेडिकल कलेजमा उपचाररत एकजना वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखा नगरपालिका–५ का ८२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

कात्तिक ६ गते निमोनियासम्बन्धी उपचारका लागि अस्पताल ल्याइएका उहाँमा कात्तिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उहाँको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।