
डोलराज रानाभाट (ईमेज)
चितवन, कात्तिक १६ । चाडपर्वको समयमा गुल्जार हुने सौराहाको पर्यटन बजार सुनसान देखिन्छ ।
सधै यहि सिजनमा यहाँका पर्यटन व्यवसायीलाई आन्तरिक तथा बाह्य पर्यटकको स्वागत गर्न भ्याइनभ्याइ हुन्थ्यो ।
त्यसमा पनि तिहार आउनै लाग्दा रंगिन देखिने यहाँको वातावरण अहिले फिक्का देखिन्छ ।
गत वर्ष यही सिजन सौराहाका पर्यटन व्यवसायीसँग कसैसंग बोल्ने फुर्सदनै हुदैन थियो ।
अझ दसैपछि र तिहार अगाडिका यी दिन देखि त सरकारी विदा हुँदा आन्तरिक पर्यटकले होटलहरु भरिभराउ देखिन्थे ।
कतिसम्म भने आएका पाहुनाहरुलाई पनि फर्काउनु परेको बिगत बर्षको सम्झना संगाल्नु बाहेक यो बर्ष खासै चहलपहल छैन ।
चितवन प्यालेसका संचालक नगेन्द्र चापागाई अहिले पनि ति दिन फर्कने आशामा हुनुहुन्छ ।
अर्का होटल व्यवसायी सुरेन्द्र पाण्डेलाई पनि दसैँको टिकाको दिनदेखि तिहारसम्म भ्याई नभ्याई हुन्थ्यो ।
आएका पाहुनाको व्यवस्थापन र उनीहरुलाई घुमाउदैमा उहाँको दिन बित्ने गरेको थियो ।
कोरोना र लकडाउनले होटल व्यवसायलाई मात्रै होइन रेष्टुरेण्ट व्यवसायी पनि मारमा छन् ।
होटल तथा पर्यटकीय गतिविधि खुल्ला भएपछि आन्तरिक पर्यटक वढ्ने आशा गरेपनि त्यो भएन ।
राप्ती खोलाको आडैमा रेष्टुरेण्ट चलाइरहनुभएका पुरुषोत्तम लामिछाने ।
होटल रेष्टुरेण्ट सँगै पर्यटकीय गतिविधिमा संलग्न गराउने टिकट बुकिङ काउन्टरहरु पनि खोल्नु मात्रै भएको छ ।
फाट्टफुट्ट वाहेक कोही पनि टिकट काट्न नआएको होटल थारु महलका जयराम महत्तोको भनाई छ ।
पर्यटक नआउँदा दुखि भएका व्यवसायी र होटलका कर्मचारी यस बर्ष भने फुर्सदमै दसैँ मान्न पाउँदा भने खुशी नै छन् ।
कयौँ वर्ष परिवारलाई मनग्य समय दिन नसकेर खल्लो भएको दसैँ यस पटक भने राम्रैसंग बितेको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्