
बागलुङ, कात्तिक १६ । लामो समयदेखि कालोपत्रे हुन नसकेको मध्य पहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्डमा वर्षौँदेखि नागरिकले सास्ती खेप्दै आएका छन् ।
बर्खामा हिलाम्मे हुने लोकमार्ग हिउँद लाग्दा धुलाम्मे हुँदा यात्रुलाई समस्या हुने गरेको छ ।
सडक निर्माण भएको २० वर्ष बितिसक्दा समेत कालोपत्रे हुन सकेको छैन ।
वर्षातका कारण हिलाम्मे भइरहने मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड अहिले धुलाम्मे हुँदा यात्रुहरुले सास्ती खेप्न बाध्य भएका हुन् ।
मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड कालोपत्रे भइसक्दा समेत सदरमुकाम नजिकैको लोकमार्ग अलपत्र छ ।
घोडाबाँधे सम्मको २५ किलोमिटर सडक ठेकेदारको लापरबाहीका कारण कालोपत्रे नहुँदा हिउँदको समयमा समेत सास्ती खेप्नु परेको हो ।
निर्माण सुरु भएको दुई दशक बितिसक्दा समेत ग्राबेलको काम नहुँदा जोखिम मोलेर यात्रा गर्नुपपरिरहेको यात्रु र सवारी चालकको गुनासो छ ।
अलपत्र बनेको सदरमुकाम बागलुङ बजारदेखि बिहुँ सम्मको १३ किलोमिटर सडकको जिम्मा सिद्धिसाई कन्स्ट्रक्सन र बिहुँदेखि घोडाबाँधेसम्मको सडकको १२ किलोमिटर सडकको जिम्मा सुर्य कन्स्ट्रक्सनले लिएको छ ।
अहिले दुवै ठेकेदार कम्पनी सम्र्पकमा छैनन् ।
प्रतिक्रिया दिनुहोस्