
काठमाडौं, कात्तिक १७ । कोरोना भाइरसका कारण रोजगारी गुमाएका र हातमुख जोर्न उपायहीनलाई खाना खुवाउनेहरुप्रति सरकार रुष्ट बनेको छ ।
यसरी दुःखी गरीबलाई खाना खुवाउँदा सरकारको बेइज्जती भएको तर्क गरिएको छ । र यस अभियानमा जोडिएकाहरुलाई खाना खुवाउनबाट रोकिएको छ ।
कोरोना भाइरसको उपचार नगर्ने घोषणा गरेको सरकारले केही दिनपछि उपायहीन भएर सडकमा पुगेका व्यक्तिहरुलाई खाना खुवाउन पनि रोकेको हो ।
कोभिड–१९ का कारण गाँसवास गुमाउने अवस्थामा पुगेका श्रमिक, गरीब, असहायहरुलाई केही संस्थाको पहलमा काठमाडौंको खुलामञ्चमा खाना खुवाउने अभियान भइरहेकामा रोक लगाइएको हो ।
सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै काठमाडौं महानगरपालिकाले खाना वितरणमा रोक लगाएको हो ।
महानगरपालिकाले तीन दिनदेखि नगर प्रहरी नै लगाएर खाना वितरणमा रोक लगाएको अभियन्ताहरुले जनाएका छन् ।
खाना वितरण रोक्न पुगेका प्रहरीले मेयुसाबको आदेशका रोक लगाइएको बताएको अभियन्ता बद्रीप्रसाद ढुंगानाले सञ्चारमाध्यमलाई जानकारी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्