२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पछिल्लो २४ घण्टामा कोरोनाबाट ३० जनाको मृत्यु, ३३०९ जना संक्रमित थपिए


0
Shares

काठमाडौं, कात्तिक १९ । नेपालमा पछिल्लो २४ घण्टामा ३३०९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिनुभयो ।

बितेको २४ घण्टामा १३,१४४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १५७०, ललितपुरमा १८९ र भक्तपुरमा ११९ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८४४ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १४४८७८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।