६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


होम आइसोलेसनमा बसेका कोरोना पोजिटिभसँग टेलिकम्युनिकेशन गर्न अस्पतालहरुलाई निर्देशन


0
Shares

काठमाडौं, कात्तिक १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पोजिटिभ देखिई होम आइसोलेसनमा बस्नेहरु सँग टेलिकम्युनिकेशन गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको वैठकले सबै कोभिड प्रयोगशाला सञ्चालन गरेका अस्पतालहरुमा कोरोना परीक्षण गरी पोजिटिभ आई होम आइसोलेसनमा बस्नेहरुको स्वास्थ्य अवस्था बुझन सबै अस्पतालहरुलाई आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अस्पताल वाहेकका प्रयोगशालाहरुले सरकारी वा निजी अस्पतालहरु सँग समन्यय गरी काउन्सिल गराउनु पर्ने निर्णय भएको पनि जानकारी गराउनुभयो ।

यस्तै होम आइसोलेसनमा बस्नेहरुलाई चिकित्सकको सल्लाह विना औषधी प्रयोग नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

होम आइसोलेसनमा बस्नेहरुले कोरोना संक्रमण जितेकाहरुको सल्लाहमा जथाभावी औषधी सेवन गर्ने गरेको सुचना आएको भन्दै मन्त्रालयले चिकित्सकको सल्लाह सुझाव विना औषधी प्रयोग नगर्न आग्रह गरेको हो ।

मन्त्रालयले नेपाल प्रहरी अस्पताललाई ३ सय शैयाको अस्थाई कोभिड अस्पताल बनाउन स्विकृती दिएको छ ।