१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकी निर्वाचनः जो बाइडेन विजयनिकट, क्रूद्ध ट्रम्पद्वारा पुनःमतगणनाको माग, चार राज्यको परिणाम आउन अझै बाँकी


0
Shares

us trump ready to handover power

काठमाडौं, कात्तिक २० । अमेरिकी राष्ट्रपति पदमा डेमोक्रेट उम्मेदवार पूर्वउपराष्ट्रति जो बाइडेनको विजय करिब निश्चित देखिएको छ । जीत घोषणाका लागि बाइडेनलाई अब ६ मत मात्र आवश्यक परेको छ ।

आगामी चार वर्षका लागि ह्वाइट हाउसमा पुग्न सम्पूर्ण शक्ति खर्चिएका राष्ट्रपतिका दुई उम्मेदवार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र बाइडेनबीचको यो निर्वाचनको मत परिणाम पनि चुलेसीको धारका बीचबाट भइरहेको छ ।

Detroit election workers work on counting absentee ballots for the 2020 general election at TCF Center on November 4, 2020 in Detroit, Michigan. – President Donald Trump and Democratic challenger Joe Biden are battling it out for the White House, with polls closed across the United States — and the American people waiting for results in key battlegrounds still up for grabs. (Photo by JEFF KOWALSKY / AFP) (Photo by JEFF KOWALSKY/AFP via Getty Images)

अत्यन्तै झिनो प्रतिशतको मतान्तरमा राज्यहरुको मत परिणाम उलटपुलट भएका छन् । राष्ट्रपति ट्रम्प निकट मानिएको अमेरिकी समाचार संस्था फक्स न्यूजका अनुसार नै पनि बाइडेनलाई जीतका लागि जम्मा ६ इलेक्टोरल मत आवश्यक परेको छ ।

तर बाइडेनले यो मत नेभादाबाट जोड्न सक्ने अनुमान गरिएको छ । यद्यपि, त्यहाँ पनि दुई उम्मेदवारबीच निकै कडा प्रतिष्पर्धा रहेको छ । केही हजार मतले मात्र अगाडी रहनुभएका बाइडेनले झिनो संख्याले उक्त राज्यको ६ इलेक्टोरल मत आफ्नो पक्षमा पार्न सके उहाँको जीत सुनिश्चित देखिन्छ ।

यसअघि ब्याटलग्राउण्डका रुपमा चिनिएको विस्कन्सिन र मिचिगनमा सन् २०१६ को परिणाम उल्ट्याउँदै बाइडेनले परिणाम आफ्नो पोल्टामा पारेपछि उहाँ जीतको नजिक पुग्नु भएको हो ।

MILWAUKEE, WISCONSIN – NOVEMBER 04: Election officials count absentee ballots on November 04, 2020 in Milwaukee, Wisconsin. Wisconsin requires election officials to wait to begin counting absentee ballots until after polls open on election day. The Milwaukee count was finished about 3AM. (Photo by Scott Olson/Getty Images)

२१४ मतका साथ रहनु भएका ट्रम्पले भने ति दुबै र राज्यमा पुन मतगणना गर्नुपर्ने माग गर्नुभएको छ भने पेन्सलभेनियाको गणनाविरुद्ध अदालती कार्वाहीमा जाने घोषणा गर्नुभएको छ ।

यद्यपि, परिणाम अनुमान गरिएपनि आधिकारिक घोषणा हुन भने अझै बाँकी रहेको छ । पेन्सलभेनिया, नर्थक्यारोलाइना, जर्जिया र नेभदामा कस्ले जित्छ भन्ने अनुमान गरिसकिएको छैन ।

ब्याटलग्राउण्ड मानिएको यि राज्यहरुको पछिल्लो मटगणनामा बाइडेनले ट्रम्पसँगको दूरी घटाउँदै लैजानु भएको छ । नर्थक्यारोलाइना र जर्जियामा ट्रम्पको जीत निश्चित झै देखिएको छ । नेभदामा बाइडेनले जित्ने आंकलन गरिएको छ भने पेन्सभेनियामा अझै धेरै मत गन्न बाँकी रहेको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा जित्न कूल ५३८ इलेक्टोरल भोटमा २ सय ७० सिट आफ्नो पोल्टामा पार्नुपर्नेछ ।