१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भाइटीकापछि खुलामञ्चको निःशुल्क खाना बन्द गर्न अभियन्ता र महानगरपालिकाबीच सहमति


0
Shares

baburam bhattarai meal distribution in open theater

काठमाडौं, कार्तिक २१ । तिहारको भाइटीकासँगै खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान रोक्न अभियन्ताहरु र काठमाडौं महानगरपालिकाबीच सहमति भएको छ ।

काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच मंसिर २ अर्थात् भाइटीकाको भोलिपल्टदेखि सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति भएको हो ।

निःशुल्क खाना खुवाउनु परेमा वैकल्पिक स्थानको पहिचान गरेर स्थानीय पालिकाहरुसँग समन्वय गर्ने सहमति पनि भएको छ । त्यसका लागि काठमाडौं महानगरपालिका सहयोग गर्न तयार भएको छ ।

शुक्रबार काठमाडौं महानगरपालिका र निःशुल्क खाना खुवाउने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच भएको सहमतिअनुसार खाना खुवाउने संस्थाले भाइटीकाको दिनसम्म खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्नुपर्नेछ ।

दुबै पक्षले खुलामञ्चमा खाना खुवाउँदा संक्रमण झन् बढ्न सक्ने, स्वास्थ्यवर्द्धक वातावरण कायम नहुने र सामाजिक प्रतिष्ठा कायम नहुने पनि जनाएका छन् ।