३ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025


चालीस लाख नगदसहित गुप्ता पक्राउ


0
Shares

काठमाडौं, कात्तिक २१ । स्रोत नखुलेको रकम रु. ४० लाखसहित नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का ब्यास गुप्ता पक्राउ परेका छन् ।

बुटवलबाट आएको रात्रि बसका यात्रीका सरसामान निरीक्षण गर्ने क्रममा गुप्ताबाट उक्त रकम बुरामद गरिएको हो ।

चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा शुक्रबार यात्रीका सामान जाँच्दा स्रोत नखुलेको उक्त रकमसहित गुप्तालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रारम्भ गरिएको नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागले जनाएको छ ।

यसैबीच, काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर सङ्गमबस्तीबाट लागूऔषध ब्राउन सुगरसहित तीनजना युवक पक्राउ परेका नयाँ बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तले बताएको छ ।