६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


रक्सौल नाका बन्द


0
Shares

वीरगञ्ज, कात्तिक २१ । सीमावर्ती भारतको रक्सौल विधानसभाअन्तर्गतको तेस्रो चरणको निर्वाचन शनिबार हुने भएकाले त्यस अगावै २४ घण्टा नेपाल भारत सीमानाका बन्द गरिने भएको छ ।

कोरोना संक्रमणका कारण नेपालतर्फ चैतदेखि नै नाका बन्द रहे पनि अन्य नाकाबाट भारत छिर्नेहरुलाई समेत कडाइ गरिएको रक्सौलका थाना प्रबाही अभय कुमारले जानकारी दिनुभयो ।

चुनावलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भारतको बैरगनियादेखि बगहा, वाल्मीकि नगरसम्म रहेको नेपाल भारतको सीमा बन्द गरिसकिएको छ ।