
हेटौँडा, कात्तिक २३ । स्थानीय एक व्यक्तिको हत्या गरी फरार रहेका भीमराज भोलनलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो बैकया गाउँपालिका–४ का २१ वर्षीय विकास वाइवाको हत्या गरी फरार रहेका भोलनलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
भोलनलाई मकवानपुरको सिमाना ललितपुरको बागमती गाउँपालिका– २ माल्टाबाट पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्