१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘बजेट कार्यान्वयनका लागि पुँजीगत खर्च बढाऔं’


0
Shares

काठमाडौं, कात्तिक २३ । अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठले आर्थिक क्रियाकलापलाई निरन्तरता दिँदै पुँजीगत खर्च बढाउनुपर्ने बताउनुभएको छ ।

उहाँले बजेट कार्यान्वयनमा पुँजीगत खर्च नहुनु नै मुख्य समस्या हुने गरेकोले सबै मन्त्रालय तथा विभाग र सरकारी संयन्त्रले आफुलाई छुट्टयाईएको बजेट कार्यान्वयन गर्न सुझाउनुभयो ।

पुँजीगत खर्च बढाउन सक्रियता चाहिने भन्दै डा. श्रेष्ठले सबै सरकारी संयन्त्रसँग अन्तरक्रियात्मक ढंगले जान चाहेको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. श्रेष्ठले कोरोनाकै कारण आर्थिक वृद्धिद्धर पनि शुन्य देखी १ प्रतिशतको हाराहारीमा हुने भन्दै ७ प्रतिशतको आर्थिक वृद्धिद्धर हाँसिल नहुने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगले प्रकाशित गर्न लागेको प्रतिवेदनले पनि ०.६ प्रतिशतको आर्थिक वृद्धिदर हुने भनेको र आइएमएफले निकालेकोमा झण्डै शुन्य प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेकोले शुन्य नजिक आर्थिक वृद्धिद्धर हाँसिल हुने उहाँको भनाई छ ।

अर्थमन्त्रालयले अब रोजगारी सिर्जना र आर्थिक पुर्नउत्थानका कार्यक्रमको तयारी गरिरहेको डा. श्रेष्ठले जानकारी दिनुभयो ।