१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अमेरिकी नेतृत्व परिवर्तनले नेपालमा कस्तो प्रभाव पर्ला ?


0
Shares

दिपेन्द्र अधिकारी (इमेज)
काठमाडौं, कात्तिक २३ । विश्व शक्तिराष्ट्र अमेरिकामा नेतृत्व परिवर्तनसँगै त्यसले नेपालमा पार्ने प्रभावबारे पनि विभिन्न आंकलन शुरु भएको छ ।

दक्षिण एशियामा भारतलाई रणनीतिक साझेदार बनाउँदै आएको अमेरिकाले नेपाल मामिलामा पनि भारतसँगै ‘डिल’ गरिरहेको बुझाइ राजनीति वृतमा छ, तर, सार्वभौम राष्ट्रको हैसियतमा एक देशको नेतृत्व परिवर्तनले अर्को देशको राष्ट्रिय सुरक्षामा फरक नहुने विज्ञहरुको मत रहेको छ ।

अमेरिकाको राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएसँगै त्यसले सात दशक भन्दा लामो नेपालसंगको कूटनीतिक सम्बन्धमा पार्ने प्रभावलाई विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ ।

तर एक देशको नेतृत्व परिवर्तनले अर्को देशको परराष्ट्र र राष्ट्रिय सुरक्षा नीतिमा फरक नहुने अन्तर्राष्ट्रिय मामिलाका जानकारहरु बताउछन् ।

अमेरिका उसको प्रतिस्पर्धी चीनलाई पछि पार्दै दक्षिण एशियामा आफ्नो प्रभाव बढाउन चाहन्छ ।

दक्षिण एशियामा चिनियाँ प्रभाव रोक्न अमेरिकाले भारतलाई रणनीतिक साझेदार बनाउँदै आएको छ ।

उसले नेपाल मामिला पनि भारतसँगै ‘डिल’ गरिरहेको बुझाइ राजनीति वृतमा छ ।

यसैले पनि भारतको सुरक्षा र रणनीतिमा बाधा पर्न गएमा मात्र नेपाललाई अमेरिकी नेतृत्व परिवर्तनको प्रभाव पर्न सक्ने अमेरिकाका लागि पूर्व राजदूत, शंकर शर्मा बताउनुहुन्छ ।

तर, प्राध्यापक डा. केसी भने अमेरिकाले भारतीय दृष्टिकोणबाट नेपाललाई नहेरेको बताउनुहुन्छ ।

इण्डो प्यासिफिक रणनीति ट्रम्प प्रशासनले पहल गरेर अघि बढेपनि अमेरिकाको यो नीति परिवर्तन नहुने केही कूटनितिज्ञको बुझाइ छ ।

वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प आप्रबासी प्रति कट्टर रहनुभयो भने बाइडेन आप्रवासी प्रति उदार हुन सक्ने र त्यसबाट आप्रवासी नेपालीहरुलाई पनि सहज हुन सक्ने अनुमान गरिएको छ ।

चीनको बढ्दो प्रभावका कारण पनि नेपाल सम्बन्धलाई अमेरिकाको नयाँ नेतृत्वले विशेष महत्व दिन सक्ने आँकलन गरिएको छ ।

यी विभिन्न आयामहरुबीच अमेरिकासंगको पुरानो सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन नेपाल परिपक्क कुटनीतिक सुझबुझका साथ अघि बढ्नु भने जरुरी देखिन्छ ।