
रोमन आचार्य (इमेज)
काठमाडौं, कात्तिक २३ । कांग्रेसभित्र संस्थापन र इतर समूहको झगडा र स्वार्थगत ध्रुबीकरणले १४ औं महाधिवेशनको भविष्य नै अन्योल भईरहदा पार्टीमा समायोजन तथा कृयाशील सदस्यता वितरणनै अनिश्चित बन्ने त्रास पनि उत्तिकै बढेको छ ।
इतर समूहले पार्टीमा बुझाएको मागपत्रको वरिपरि पार्टी राजनीति रुमलिंदा अरु महत्वपूर्ण विषयहरु भने आसन्न केन्द्रीय कर्यासमिति बैठकको एजेण्डा बन्ने देखिदैन ।
नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा समूह र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीचको अन्तरद्वन्द्वले पछिल्लो एक महिनामा तीन पटक केन्द्रीय कार्यसमितिको बैठकनै स्थगित भएको छ ।
पार्टीभित्र दुई समूहको सम्बन्ध सरकार र प्रतिपक्षि दलको जस्तै बनेको छ ।
एक अर्काको क्षमता र कमजोरी बुझेर महाधिवेशन केन्द्रीत फण्डाको रुपमा देउवा र पौडेलले एक अर्कालाई गलाउन र किनारा लगाउन कम्मर कस्दा कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र कमजोर बनेको छ ।
करिव डेढ महिनायता कांग्रेसको गतिविधि पौडेल समूहले लिखित रुपमा उठाएको १६ बुँदे असन्तुष्टिको सेरोफेरोमा रुमलिएको छ ।
पौडेल समूहका २७ केन्द्रीय सदस्यले असोज १२ गते १६ बुँदामा असन्तुष्टि सहित बुझाएको ध्यानाकर्षण पत्रले सभापति देउवालाई घेरावन्दीमा पार्न सफल भएको उनीहरुके बुझाइ छ भने सभापति देउवा पौडेललाई देखाइदिने भन्दै टसमस हुनुभएको छैन ।
विश्लेषकहरु भने फेज आउट हुन लागेका नेताहरुले गुट चलाएर राजनीति सुरक्षित गर्दाको नतिजा सिंगो पार्टीले भोग्नुपरेको बताउँछन् ।
कांग्रेसमा सहमतिका लागि दुइ समूहबीच पछिल्ला समय बसेका बैठकहरु पनि आरोप प्रत्यारोपमै टुंगिने गरेका छन् ।
केन्द्रीय कार्यसमिति बैठक अगावै सहमति नबने आन्दोलन गर्ने तयारीमा पौडेल समूह छ ।
फागुनमा महाधिवेशन गर्नुपर्ने, गठन भएका विभाग खारेज गर्नुपर्ने, कृयाशील सदस्यता वितरण पारदर्शी हुनुपर्ने तथा पार्टी विधानसम्वत् चल्नुपर्ने विषयहरु इतर पक्षबाट उठेका हुन् ।
जसलाई देउवाले बेवास्ता गर्दा सहमतीको ढोका बन्द जस्तै देखिन्छ ।
सभापति देउवा आफ्नो पकडमा महाधिवेशलाई पार्ने तुरुपको रुपमा १० वटा विभाग थप्ने तयारी गरिरहँदा पौडेल समूह थप तर्सिएको छ ।
यतिवेला कांग्रेसमा विधि, पद्धति र विधानको झगडा भन्दा पनि समूहगत स्वार्थ र महाधिवेशनका लागि शक्ति संचयको होडवाजी चलेको बुझ्न कठिन छैन ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्