१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य


0
Shares

काठमाडौं, कात्तिक २४ । सरकारले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई दिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णय गरी प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई उक्त जिम्मेवारी दिनुभएको हो ।

गत शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले एनइए इञ्जिनीयरिङ कम्पनीमा प्रबन्ध सञ्चालक रहेका शाक्यको काज फिर्ता गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा मन्त्री पुनले शाक्यलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त कार्यकारी निर्देशकका रुपमा काम गर्ने गरी जिम्मेवारी तोक्नुभएको हो ।

शाक्य विगत तीन वर्षदेखि प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनीयरिङ कम्पनीको प्रबन्ध सञ्चालकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

उहांले तत्कालका लागि तिहारमा विद्युत् पुगेका सबै नेपालीको घरमा सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन आफू र आफ्नो टिम लागिपर्ने बताउनुभयो ।

यसअघि प्राधिकरणका कार्यकारी निर्देशक रहेका कुलमान घिसिङको कार्यकाल सकिएपछि उहांको पूर्ननियुक्तिको माग व्यापक रुपमा उठेको थियो ।