१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितुवाको आक्रमणबाट बालकको मृत्यु


0
Shares

अमरगढी, कात्तिक २४ । डडेल्धुरामा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको छ ।

भागेश्वर गाउँपालिका–१ रुपालमा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो ।

स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२ –१३ वर्षीय छोरा दिलबहादुरको आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालक आफ्नै काकाको घरआँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो ।

यसअघि करीब २० वर्ष पहिले अमरगढी नगरपालिका–७ मा एक पाँच वर्षीय बालकलाई चितुवाले खाएको थियो ।