२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


२५७१ जना संक्रमित थपिए, १८ जनाको मृत्यु


0
Shares

काठमाडौं, कात्तिक २४ । पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १७७ जनाको पिसिआर परीक्षण भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १७९८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ ।

सक्रिय संक्रमित संख्या ३६ हजार १७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११२६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार काठमाडौं उपत्यकामा १४२८ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ११३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जना संक्रमित थपिएका छन् ।