
काठमाडौं, कात्तिक २५ । पछिल्लो २४ घण्टामा २७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७३६ जनामा कोरोना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भई ८५३ जना डिस्चार्ज भएका छन् ।
योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५७७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४८ पुगेको छ ।
सक्रीय संक्रमितको संख्या ३८ हजार ३५ पुगेको छ ।
काठमाडौं उपत्यकामा १५३३ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा ११४१, ललितपुरमा १९३ र भक्तपुरमा ८६ जना संक्रमित थपिए ।
प्रतिक्रिया दिनुहोस्