
काठमाडौं, कात्तिक २७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शुक्रबार (भोलि) बस्ने भएको छ ।
पार्टीका महासचिव विष्णु पौडेलले शुक्रबार अपरान्ह चार बजेका लागि सचिवालय बैठक बोलाउनुभएको हो ।
उहाँले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँगको परामर्शमा भोली बैठक बोलाउनुभएको हो ।
यसअघि पार्टीको प्रचण्ड–नेपाल समूहका बहुमत (पाँचजना) सचिवालय सदस्यहरुले बैठक माग गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएपनि ओली सहमत हुनुभएको थिएन् ।
प्रचण्ड–नेपाल समूहले आज बैठक राख्नका लागि सहमति दिन ओलीलाई आग्रह गरेको थियो ।
तर महासचिव पौडेलले दुवै अध्यक्षसँगको परामर्शका आधारमा एक दिन ढिलो शुक्रबारका लागि बैठक डाँक्नुभएको हो ।
लामो विवादपछि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः शुक्रबार चार बजे पार्टीको केन्द्रीय सचिवालयको बैठक बोलाउन सहमत भएका हुन् ।
्रधानमन्त्री ओली बैठक बोलाउन सहमत भएपछि महासचिव विष्णु पौडेलले सचिवालयका सदस्यहरुलाई यसबारे जानकारी गराउनुभएको छ ।
नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शुक्रबार चार बजे केन्द्रीय सचिवालय बैठकको औपचारिक बैठक बस्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्