
डोलराज रानाभाट (इमेज)
चितवन, कात्तिक २७ । चित्रमार्फत देशलाई विश्वभर चिनाउन नेपालका चित्रकार यति बेला व्यस्त भएका छन् ।
नवलपुरको मौलाकालिका मन्दिरको सभाहलमा ७३ जना चित्रकार एक सय घण्टासम्म निरन्तर चित्र कोरी विश्व रेकर्ड कायम गर्ने दौडमा लागेका छन् ।
कोभिड १९ र लकडाउनका कारण सुनसान देशकै प्रशिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरको सभाहलमा चित्रकार भिम प्रसाद शर्मा भने प्रकृतिलाई चित्रमा उतार्दै हुनुहुन्छ ।
६५ वर्षीय शर्मा वि.स. २०४० सालदेखि हातमा व्रस, अगाडि स्केच र टेवलमा भएका रङसँग पानी मिलाएर आकर्षक चित्र कोर्दै आउनुभएको छ ।
यो पटकको चित्र कोराई उहाँ सहित चितवन नवलपुरका १० चित्रकारका लागि विशेष छ ।
कारण हो १०० घण्टासम्म निरन्तर चित्रकोरी विश्व रेकर्ड कायम राख्ने । यसैको सिलसिलामा चितवनका ९ र नवलपुरका १ जना चित्रकारले पानीरङबाट चित्र बनाएर सक्नुभएको छ ।
अर्का चित्रकार चितवनका प्रकाश थापा विश्व रेकर्ड कायम राख्ने कार्यक्रमको प्रदेश ३ संयोजक हुनुहुन्छ ।
इन्टरनेशनल वाटरकलर्स सोसाइटीको आयोजनामा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहयोगमा कार्तिक २३ गतेदेखि सुरु भएको कार्यक्रम कार्तिक २७ गते सकिनेछ ।
भारतका कलाकारहरुले ७२ घण्टासम्मको रेकर्ड राखेकोमा त्यो तोडिने अभियानमा छन् चित्रकारहरु ।
अर्का चित्रकार चितवनका बरुणबाबु घिमिरे सरकारी वेवास्ताका कारण नेपालमा यसले वामे सर्दै गरेको बताउनहुून्छ ।
कमाई धेरै नभएपनि दाल भात खान पुग्ने यो पेशामा निरन्तर लागिरहनुभएको उहाँ विश्व रेकर्ड कायम गर्नेमा दृढ हुनुहुन्छ र उत्साहित पनि ।
सधैँ कोठामा सीमित भएर चित्र कोर्दे आउनुभएका घिमिरे यस पटक मात्रै १ घण्टा ३० मिनेटमा एउटा पुरै चित्र पानीरङबाट बनाउनुभयो ।
नेपालको कला, संस्कृति, रहनसहन, स्थानीय पहिचानलाई ऐनाझैँ उतार्न खप्पीस चितवनका अर्का चित्रकार दामोदर बराल आफ्नो चित्र देखाउँदै रेकर्ड तोड्न मात्रै एक दिन वाँकी रहेको बताउनुहु्न्छ ।
यदि सरकारले नीति बनाएर चित्रकारहरुको सीप पहिचान गर्न सके देशलाई चिनाउने त छदैछ देशको अर्थतन्त्रमा योगदान दिन सकिने बताउनुहुन्छ ।
चितवन रत्ननगरका योगेश खनाल चित्र बनाएर भर्खरै सक्नुभयो । आफ्नो चित्रको व्याख्या गर्दै उहाँ निकै उत्साहित हुनुहुन्छ ।
वाटरकलर आफैमा चुनौति भएपनि विश्वरेकर्ड राख्ने लक्ष्यमा रहनुभएका उहाँले सरकारले नेपाली कलालाई चिन्ह नसकेकोमा गुनासो गर्नुहुन्छ ।
उहाँहरु सहित लालकाजी लामा, दिनेश्वर महतो, मिलन गुरुङ, शुशिल गुरुङ, राजेश बरालले चित्र कोरेर सक्नुभएको छ ।
ललितकला क्याम्पस बाहेक कला सम्वन्धि अध्ययन गर्ने विद्यालय क्याम्पस नहुँदा नेपालमा सोचे अनुसारको विकास हुन सकेको छैन ।
पछिल्लो समय १०० घण्टाभित्र निरन्तर चित्र कोरी विश्व रेकर्ड राख्न देशभर ७३ जना कलाकार यसैगरी लागिरहनुभएको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्