१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


केयु र विद्यार्थीबिच सहमति


0
Shares

काभ्रे, कात्तिक २७ । काठमाडौं विश्वविद्यालय (केयु) र अनशनरत विद्यार्थीबीच सहमती भएको छ ।

विश्वविद्यालयले पढाई नै नभएको विषय र अन्य क्रियाकलापको शुल्क लिन ताकेता गरेपछि कात्तिक २३ गतेदेखि स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ साइन्स, स्कुल अफ म्यानेजमेन्ट र स्कुल अफ ‘ल ’का विद्यार्थीले ४ बुँदे माग राखेर रिले अनशन सुरु गरेका थिए ।

अनशनरत विद्यार्थी र काठमाण्डौं विश्वविद्यालय, विद्यार्थी कल्याण निर्देशनालय समुहबिच गएरातीे ७ बुँदे सहमति भएसँगै अनशन अन्त्य गरिएको विद्यार्थी शैलेश मिश्रले बताउनुभयो ।

कार्यदल गठन गरि तत्काल बैठक बस्ने र शुल्क सम्बन्धि मापदण्ड तयार गरि विद्यार्थीमाझ प्रस्तुत गर्ने, कोभिड फाइनान्सियल स्किम सम्बन्धि विस्तृत मापदण्ड निर्धारण गर्नेलगायतका सहमति भएको छ ।

सहमति भएको १० दिनसम्म पनि कार्यदले विस्तुत विवरण नवुझाएमा विद्यार्थीले स्वतः ट्युसन फि मात्र तिर्ने व्यवस्था गर्ने सहमति भएको छ ।