१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


धनतेरसमा सुन किन्नेको भिड


0
Shares

काठमाडौं, कात्तिक २८ । कोरोना (कोभिड) संक्रमणका कारण निरन्तर सुनसान रहेको सुनचाँदी बजारमा तिहारले भने रौनक बढाएको छ ।

शुक्रबार भने सुनचाँदी पसलमा उल्लेख्य भीड देखिएको छ ।

विगत लामो समयदेखी कोभिडका कारण उपभोक्ताको क्रयशक्तिमा आएको ह्रास र मूल्य निरन्तर उकालो लाग्दा सुनचाँदी पसल सुनसान थिए ।

सात महिनापछि शुक्रबार धनतेरसका कारण यी पसलमा मानिसको भिडभाड बढेको हो ।

यस समयमा सुनचाँदीको कारोबार पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ५० प्रतिशत मात्रै कम कारोबार भएको छ ।

अघिल्ला वर्षहरुमा धन्तेरसका दिन ५० किलोसम्म सुन तथा १० किलो सम्म चाँदी विक्रि हुने गरेको थियो ।

यो रकम ६० करोड भन्दा माथी हो ।

तर यस वर्ष भने साँझ सम्म २५ किलो अर्थात करिब साढे २० करोडको सुन मात्र विक्रि भएको छ भने १० किलो चाँदी अर्थात १० करोड बराबरको चाँदी विक्रि भएको छ ।

महासंघका निवर्तमान अध्यक्ष मनिकरत्न शाक्यले विगतका वर्षहरुमा भन्दा यस वर्ष कारोबार कम भएपनि बिहानै देखी उपभोक्ताको भिडभाड रहेको बताउनुभयो ।

अघिल्ला वर्षहरुमा जति कारोबार नभएपनि धन्तेरसका दिन कारोबार सन्तोषजनक भएको उहाँले बताउनुभयो ।

तिहारमा धनत्रयोदशीदेखि लक्ष्मी पूजाको दिनसम्म सुनचाँदीको उल्लेख्य कारोबार हुने गर्छ ।

पछिल्लो समय महंगिएपछि सुनचाँदी खरिदबिक्रीमा सर्वसाधारणको आकर्षण केही कम भएको जस्तो देखिएको व्यवसायीहरुले बताएका छन् ।

तिहार अघिसम्म कारोबार न्यून थियो ।

धनत्रयोदशीमा द्रब्य जोडेमा लक्ष्मी प्रसन्न हुने धार्मिक विश्वासका कारण आर्थिक संकटका बेला पनि सुनचाँदी पसलमा सर्वसाधारणको भिड लागको हो ।

धन्तेरसका दिन धातुका भाँडा जोड्दा लक्ष्मि खुसी हुने धार्मीक विश्वास रहँदै आएको छ ।