
झापा, कात्तिक २९ । झापाको अर्जुनधारा गाविसका पूर्वअध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कुन्दन भट्टराईको कोरोना सङ्क्रमणका कारण शुक्रबार साँझ निधन भएको छ ।
काठमाडौंको मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा उहाँको निधन भएको संविधानसभा सदस्य मनकुमार गौतमले बताउनुभयो ।
फोक्सोको क्यान्सर रोगको उपचार गराइरहनुभएका नेता भट्टराईलाई केही दिनअघि कोरोना पोजिटिभ र स्वास्थ्य अवस्था गम्भीर बनेपछि झापाको पूर्वाञ्चल क्यान्सर हस्पिटलबाट एयर एम्बुलेन्समार्फत मेडिसिटी लगिएको थियो ।
अर्जुनधारा नगरपालिका–५ घर भएका मृदुभाषी, जुझारु र बौद्धिक राजनीतिज्ञ भट्टराईकी पत्नी विष्णु भट्टराई, एक छोरा र एक छोरी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्