
काठमाडौं, कात्तिक २९ । पछिल्लो २४ घण्टामा १९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना डिस्चार्ज भएका छन् ।
देशभर ३६ हजार ४५२ सय जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै मृत्यु हुने संक्रमितको संख्या १२१५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्