६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


ओली सरकार अराजक, बेइमानी र कुशासनतर्फ उन्मुख : कांग्रेस सहमहामन्त्री महत


0
Shares

पोखरा, कात्तिक २९ । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले ओली सरकार अराजकता, बेइमानी, कुशासनतर्फ उन्मुख भएको आरोप लगाउनु भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पोखराका वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीको १३ औं दिनको पुण्यतिथिमा शनिबार पोखरामा भएको श्रद्धाञ्जली सभामा उहाँले दुई तिहाईको दम्भका कारण सरकार असफल भएको बताउनुभयो ।

उहाँले ओली सरकार मुलुकको शिर झुकाउने काममा अग्रसर भएको पनि बताउनुभयो ।

कोभिड संक्रमण व्यवस्थापनमा सरकार असफल भएको उहाँको भनाई थियो ।

महतले सरकारले संविधान कार्यान्वयन गर्न नसकेको समेत आरोप लगाउनुभयो ।

उहाँले स्वर्गीय केसीले नेपालको आर्थिक क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्नुभएको थियो ।