
धरान, कात्तिक २९ । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप १९ वर्षीया सङ्क्रमित एक किशोरीको मृत्यु भएको छ ।
सनुसरीको बराहक्षेत्र नगरपालिका–५ की किशोरीको शनिबार उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार, पाँच दिनअघि सुत्केरी भएकी उनलाई शक्रबार मात्र कोभिड अस्पताल भर्ना गरिएको थियो ।
शुक्रबार नै उनको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो ।
यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्