१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उपप्राध्यापक नियुक्तिका विषयमा ‘नोट अफ डिसेन्ट’


0
Shares

तम्घास, कात्तिक ३० । गुल्मीको रेसुङ्गा नगरपालिका तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा उपप्राध्यापक नियुक्तिका विषयमा विवाद देखिएको छ ।

क्याम्पसमा बेतलबी बिदामा रहेका उपप्रध्यापक कुञ्जरमणि गौतमलाई नियुक्त गर्ने विषयमा सञ्चालक समितिका पदाधिकारीबीच विवाद देखिएको हो ।

पुनः नियुक्ति दिने विषयमा प्रजातन्त्रवादी पदाधिकारीले निर्णय गरेपछि वामपन्थी पदाधिकारीले भने ‘नोट अफ डिसेन्ट’ लेखेको नेकपा रेसुङ्गा नगर कमिटी सचिवसमेत रहनुभएका क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष धर्म विकले जानकारी दिनुभयो ।

क्याम्पसमा कूल १० जना सञ्चालक समितिमा छन् ।