
काठमाडौं, कात्तिक ३० । अमेरिकाको राजधानी वासिङटन डिसीमा प्रदर्शन गरिरहेका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक र त्यसको विरोधमा उत्रिएकाहरुबीच झडप भएको छ ।
झडपका क्रममा कम्तिमा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ ।
त्यस्तै, दुुईजना प्रहरी घाइते भएका छन् भने प्रदर्शनकारीहरुको हातबाट प्रहरीले हतियार बरामद गरेको छ ।
प्रहरीले २० जना प्रदर्शनकारीहरुलाई स्थानीय समयअनुसार आइतबार बिहानै पक्राउ गरेको छ ।
निर्वाचनमा धाँधली भएको भन्दै यसअघि राजधानीसहित देशका धेरै शहरमा शनिबार ट्रम्प समर्थकहरुले विरोध प्रदर्शन गरेका थिए ।
सडकमा ओर्लिएका लाखौं समर्थकहरुले ‘चोरी बन्द गरौं’, ‘हरेक मतगणना गरौं’ लगायत नारा लगाएका थिए ।
शनिबार रातिसम्म शान्तिपूर्ण नै रहेको वासिङटनको प्रदर्शन रात ढल्दकैं जाँदा हिंसात्मक बन्यो ।
पक्राउ परेकाहरुमाथि हतियार देखाएको, झडपमा उत्रिएकोलगायत धेरै अभियोगहरु दर्ता गरिएको प्रहरीले जनाएको छ ।
यस्तै वासिङटन डिसीमा भेला भएका समर्थकहरुले हार नमान्न ट्रम्पलाई आग्रह समेत गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्