१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाङमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु


0
Shares

दाङ, कात्तिक ३० । दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आइतबा बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो ।

विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पहिचान नखुलेकी ती महिलालाई लमही अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले ठक्कर दिएर भागेको ट्रकलाई लमही –९ रिहारबाट नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

महिलाको शव भने परीक्षणका लागि लमही अस्पतालमा राखिएको बताइएको छ ।