२ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025


इलाममा जडिबुडी प्रशोधन केन्द्र स्थापना


0
Shares

इलाम, मंसिर १ । इलाममा उत्पादन हुने ४० प्रकारका जडिबुडी प्रशोधन गर्न एक नम्बर प्रदेश सरकारले प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ ।

उत्पादन भएको जडिबुृटी भारत र चिन निकासी हुने गरेपनि मुल्य अत्याधिक कम हुँदा किसान समस्यामा परेपछि प्रशोधन केन्द्र स्थापना गर्न लागिएकोे हो ।

किसानले उत्पादन गरेको जडिबुटीको प्रशोधन गर्न इलामको माईजोगमाई गाउँपालिका २ मा जडिबुटी प्रशोधन केन्द्र निर्माण गर्ने लागिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

माईजोगमाई गाउँपालिका २ स्थित छिपछिपेमा ५ रोपनी क्षेत्रफलमा प्रशोधन केन्द्र निर्माण गरिने भएको हो ।

प्रशोधन केन्द्र निर्माणका लागि प्रदेश सासंद खिनु लङ्वा लिम्बु सहित सामाजिक विकास मन्त्रालयको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेका थियो ।