२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


संखुवासभामा विप्लव समुहबाट १० राउण्ड हवाई फायर


0
Shares

संखुवासभा, मंसिर १ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले संखुवासभाको चैनपुर मैदानेमा १० राउण्ड हवाइ फायर गरेको छ ।

समूहले हवाई फायर गरेपछि प्रहरीले पनि ८ राउण्ड हवाई फायर गरेको छ ।

जंगलबाट हवाई फायर गरेकोले समूहमा कति जना कार्यकर्ता थिए भन्नेबारे खुलासा भएको छैन ।

के कारणले हवाई फायर गरेको भन्ने बारे प्रहरीले अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जनकारी दिनुभएको छ ।

सरकारले विप्लवको पार्टीले हिंसात्मक गतिविधि गर्न थालेपछि प्रतिबन्ध लगाएको थियो भने त्यसयता सो पार्टीका नेता कार्यकर्तालाई धरपकडको नीति अख्तियार गर्दै आएको छ ।