१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारत बिहारमा सातौं पटक मुख्यमन्त्री बने नितिश कुमार


0
Shares

India bihar nitish kumar chief minister

काठमाडौं, मंसिर १ । भारत बिहारमा नितिश कुमार सातौं पटक राज्यको मुख्यमन्त्री बन्नुभएको छ । चार कार्यकाल लगातार मुख्यमन्त्री बन्ने क्रममा यस पटक उहाँले शपथ लिनुभएको हो ।

सोमबार राज्यपाल फागू चौहानसमक्ष शपथ लिनुभएका नितिश कुमारको दलसँग राज्यको विधान सभामा तेस्रो दलको हैसियत रहेको छ ।

हालै सम्पन्न निर्वाचनबाट दोस्रो ठूलो दल बनेको भारतीय जनता पार्टीको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको हो ।

सत्ता साझेदार भारतीय जनता पार्टीका तर्फबाट तारकिशोर प्रसाद, रेणुदेवी सहित सात जनाले मन्त्री पदको शपथ लिनुभएको छ ।

विपक्षी महागठबन्धनका नेताहरुले भने शपथ समारोह बहिस्कार गरेर आगामी दिन नितिश कुमारका लागि सहज नहुने संकेत देखाइसकेका छन् ।

राज्यमा सबैभन्दा बढी सीट जितेको तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल, कांग्रेस र कम्युनिष्ट घटकहरु विपक्षमा रहँदा भाजपाको निगाहमा सरकार टिकाउनुपर्ने बाध्यता नितिशसँग देखिन्छ ।