१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाङका संक्रमितको बाँकेमा मृत्यु


0
Shares

बाँके, मंसिर २ । कोरोना सङक्रमणबाट भेरी अस्पतालमा उपचाररत थप एक जनाको मंगलबार मृत्यु भएको छ ।

सो अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका–१५ का ७५ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मंगलबार बिहान मृत्यु भएको हो ।

उहाँलाई कात्तिक २७ गते उपचारका लागि भेरी अस्पतालमा ल्याइएकामा मंगलबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

उहाँलाई कात्तिक २७ गते कोरोना पुष्टि भएको थियो ।