
काठमाडौं, मंसिर ३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पदका लागि भइरहेको झगडा उत्कर्षमा पुगेको छ ।
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल पक्षबीच चलिरहेको सत्ता खिंचातानीको असर पार्टी एकतासम्ममा पर्ने देखिँदैछ ।
प्रधानमन्त्री ओलीले पार्टीमा एकलोटी गरेको, पार्टीभित्र गरिएका सहमतिहरु पालना नगरेको जस्ता आरोप लगाउँदै अध्यक्ष दाहालले सचिवलाय बैठकमा आरोप पत्र नै दर्ता गर्नुभएको छ ।
दाहाललाई नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतले साथ दिनुभएको छ।
आज बालुवाटारमा बोलाइएको सचिवालय बैठक गर्न दिने नदिने पक्षमा ओली दाहाल पक्षबीच जोडतोड चलिरहेको छ ।
सचिवालय बैठक बोलाइएकै समय पारेर प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक राखिदिएपछि त्यो अन्यौल बढेको थियो ।
तर फेरि अहिले प्रधानमन्त्रीले दिउँसो १ बजेका लागि बोलाएको मन्त्रिपरिषद बैठक एक घण्टा पछि सारिएको खबर आएको छ ।
बैठक दिउँसो २ बजे बस्ने सूचना आएको एक मन्त्रीको भनाइ छ ।
यता, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक दिउँसो १ बजे बालुवाटारमै बस्ने प्रष्ट गर्नुभएको छ ।
नेता श्रेष्ठले ट्वीट गरी बैठक १ बजे बालुवाटारमा नै बस्ने र नरोकिने जानकारी दिनुभएको हो ।
यता, मन्त्री योगेश भट्टराईले आजको दिनलाई सर्वाधिक कठीन समय भएको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्