
काठमाडौं, मंसिर ३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
सकेसम्म बैठक बस्नै नदिने रणनीतिमा लाग्नुभएका प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पनि बैठकमा उपस्थित हुनुभएको छ ।
उहाँअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल बैठकमा पुग्नुभएको थियो । आजको बैठकमा शुक्रबार दाहालले पेश गरेको प्रतिवेदनको प्रधानमन्त्री ओलीले जवाफ दिने नदिनेबारे प्रष्ट भएको छैन ।
ओलीले नेताहरुसँग दाहालले लगाएका आरोप बेतूकको रहेको भन्दै जवाफ नदिने बताउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले केहिबेरमै मन्त्रिपरिषद बैठक पनि राख्नुभएको छ । दिउँसो २ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएकाले उहाँ आफ्ना धारणा राखेर निस्कनुहुनेछ ।
सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानुभएको थियो । त्यसअघि हिजो पनि उहाँले राष्ट्रपतिसँग भेट गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्