
ताप्लेजुङ, मंसिर ३ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङको सल्लेरीमा ट्याक्टर दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ ।
ओझा गाउँबाट अलैँची लिएर खोक्लिङ तर्फ आईरहेको लु ४ त ६५४८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सहचालक दले गुरुङको मृत्यु भएको हो ।
ट्याक्टरमा सवार चालक कृष्ण थापाका पांच वर्षिय छोरा घाईते भएका छन् ।
फरार कृष्णको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्