२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जनकपुरमा छठको तयारी अन्तिम चरणमा


0
Shares

जनकपुर, मंसिर ३ । छठ पर्वका लागि जनकपुरमा पोखरी, नदी, तलाउ र सरोवर लगायतका जलाशय सजाउने कार्य अन्तिम चरणमा पुगेको छ ।

स्थानीय युवा क्लब र सस्ंथाको सक्रियतामा गंगा सागर, धनुषा सागर, अग्निकुण्ड, अङ्गराजसर, दशरथ तलाउसहितका पोखरीका डिलमा बाँस र कपडा लगायतको छाउनी बनाउने र बत्ती राख्ने कार्य तिव्र रुपमा भइरहेको छ ।

छठ पर्वलाई मध्यनजर गरि सुरक्षा व्यवस्थाल कडा पारिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

चाडपर्वका समयमा अप्रिय घटना नहोस् भनेर सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको धनुषा प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जानकारी दिनुभयो ।