१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रेडक्रसद्वारा भेन्टिलेटर सहयोग


0
Shares

काठमाडौं, मंसिर ४ । नेपाल रेडक्रस सोसाइटीले सरकारलाई सात वटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको छ ।

रेडक्रसले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सात वटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको हो ।

रेडक्रसकी उपाध्यक्ष शर्मिला कार्कीको नेतृत्वमा बिहीबार मन्त्रालय पुगेको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सहयोग स्वरुप भेन्टिलेटर उपलब्ध गराएको हो ।

रेडक्रसले सात वटै प्रदेशलाई एक÷एक वटा वितरण गर्ने गरी सातवटा भेन्टिलेर उपलब्ध गराएको हो ।

मन्त्री ढकालले रेडक्रसले गरेको सहयोगले संक्रमित बिरामीहरुको उपचारका लागि महत्वपूर्ण हुने बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यसअघि भारत सरकारले २८ वटा भेन्टिलेटर र अमेरिकी सरकारले एक सय वटा भेन्टिलेटर उपलब्ध गराएका थिए ।